School Anthem

स्कुल गीत १

सेन्ट जेभियर्स …………. सेन्ट जेभियर्स
बिन्ती हात फैलाई
हर पललाई, दिन दिनलाई
जीवन भरिलाई,
अन्तर दिलमा ज्योति देऊ, अन्तरात्मा खोली
ज्ञानको बत्ती बालेर, सत्य सुन्दर बोली ……

कर्तव्यको पथमा हिँडेर देशको लागि केही गरूँ
ज्ञानविज्ञानको पाउ मोडेर देशलाई केही दिन सकूँ
सत्य अहिंसा प्रेम फैलाई देश उज्यालो पार्न सकूँ
अन्तर दिलमा ज्योति देऊ …….

मेचीकालीको पसिना बगाई नेपाल हरियो पार्ने छौं ।
दियो दयाको बाली सबैलाई बाँच्ने सहारा दिने छौ ।
बाँची प्रभुको लागि हामी देशका लागि मर्ने छौं ।
अन्तर दिलमा ज्योति देऊ ……….

स्कुल गीत २

हाम्रो प्यारो राम्रो स्कुल सेन्ट जेभियर्स, सेन्ट जेभियर्स
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।

एक भएर पढ्छौं हामी, एक भएर बढ्ने छौं (२)
करोड दियोको घाम बनेर देश उज्यालो पार्ने छौं (२)
अन्धकारमा बाटो देखाऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।

हाम्रो सानो मुठ्ठीभित्र भोलिको यो देश हेर (२)
हामीलाई विद्या बुद्धि सिकाई कालो मैलो भेष फेर (२)
सत्य एकता प्रेम सिकाउ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।